अप्ठ्यारो परेकालाई सहयोग

      खेमराज बस्नेत सल्लाहकार, एनआरएन–युएई

म कहिलेकाहिँ सोच्थेँ– ‘दुई–चार दिन सवारी चलेनन् भने के होला ?’ पसल नखुल्दा कस्तो अवस्था होला ? घरभित्र मान्छे थुनिएर बस्नु पर्दा मान्छेको मनोविज्ञान कस्तो होला ? जेल जीवन बिताउने मान्छेलाई कति अत्यास लाग्ला ? तर, जीवनको कुनै बखत मनमा आएका यी प्रश्नहरूलाई आफंैले भोग्नुपर्दा त्यसलाई सामान्य रूपमा लिनुपर्ने रहेछ भन्ने लागिरहेको छ । शरीरमा सास भएसम्म धेरै कुरालाई सामान्य रूपमा लिनुपर्ने कारण एउटै छ— त्यो हो, जीवनप्रतिको माया । हो, हामी अहिले जीवनप्रतिको मायाकै कारण निर्धक्क भएर हिँड्डुल गर्न सकेका छैनौं । जीवन जोगाउनका लागि मात्रै लागेका छौं ।
जीवनको कुनै पनि मोडमा मैले आज विश्वले भोगिरहेको यो अवस्था सोचेको थिइन् । देशै पिच्छेका समस्या त देखेको थिएँ । सुनेको थिएँ । कहिँ पहिरो, कतै बाढी, कहिले भूकम्प त कहिले बम र बारुदको युद्ध । संसार नै एउटा भाइरसले मच्चाएको त्रास विरुद्ध एक भएर लाग्नुपर्ला भन्ने मेरो मानसपटल कुनै दिन आएन । अहिले म संयुक्त अरब इमिरेट्समा छु । अवसर खोज्ने सिलसिलामा नेपालको भोजपुर जिल्लाबाट यहाँ आएको हुँ । प्रवासमा बसेर कोरोनाको चेपटाबाट गुज्रिएको विश्वलाई नियालिरहेको छु ।
यतिखेर विश्वका शक्तिशाली मुलुकहरू कोरोना भाइरस (कोभिड –१९) को संक्रमणबाट सिर्जित संकटको चपेटामा छन् । कोभिडले सिर्जना गरेको संकटको कारण अल्पविकसित र विकासोन्मुख मुलुकहरू धेरै प्रभावित हुने निश्चित छ । यसको असर कति वर्षसम्म पर्छ भन्ने अनुमान अहिलै गर्न सकिँदैन । एसियाको देश गरिब देशहरूमा यसको असर धेरै पर्ने निश्चित छ । यी मुलुकको नागरिकको जनजीवनमा प्रत्यक्ष असर पुग्ने निश्चित छ ।
वैदेशिक रोजगारीमा रहेका धेरै नेपाली रोजगार विहीन भएका छन् । संयुक्त अरब इमिरेट्समा अस्थायी रूपमा काम गर्दै आएका, थोरै तलबमा काम गर्ने नेपालीले रोजगारी गुमाएका छन् । क्लिनर, होटेल, सुरक्षा गार्ड कम्पनीमा काम गर्ने नेपालीले काम गुमाएको अवस्था छ । सरकारी तथ्यांक अनुसार यहाँ दुई लाख ५० हजार नेपाली छन् । भिजिट भिसा र गैरकानुनी रूपमा यहाँ बस्ने नेपालीको तथ्यांक ४ लाख भएको अनुमान छ ।
मझौला कम्पनीका मालिकहरू आर्थिक भार बेहोर्न नसकेर सम्पर्कमा आएका छैनन् । त्यस्ता कम्पनीमा काम गर्ने नेपालीले भोगेको समस्या मर्माहत हुने खालको छ ।

घर फर्कन आतुर 

जस–जसको रोजागरी गुमेको छ, ती नेपालीहरू नेपाल फर्कन आतुर छन् । नेपाल सरकारले विदेशमा रहेका नेपालीलाई स्वदेश फर्काउने नीति अनुसार २५ हजारलाई नेपाल फर्काउने निर्णय सार्वजनिक भयो । त्यसपछि अनलाइनमार्फत १७ हजारले फारम भरेका थिए । यो संख्या बढेर अहिले ३० हजार पुगेको छ । नेपाल फर्कन चाहनेको संख्या अझै धेरै छ भन्ने हाम्रो अनुमान छ । इन्टरनेटको सुविधा नभएका कारण फारम भर्न नपाएका धेरै नेपाली छन् । यहाँ होटेल म्यानेजमेन्टको इन्टर्नसिप गर्नका लागि एकदमै राम्रो ठाउँ हो । त्यसैले, धेरै विद्यार्थी यसका लागि यहाँ आएका थिए । तर, उनीहरू लकडाउनका कारण यतै बास्न बाध्य छन् । ती विद्यार्थी, छोराछोरी भेट्न आएका अभिभावक समेत गर्दा पचास हजार नेपाली स्वदेश फर्कन चाहन्छन् भन्ने हाम्रो अनुमान छ । नेपाल फर्कन पहिलो चरणमा दूतावासमा नाम दर्ता गराउने मध्ये गर्भवती महिला, वृद्धवृद्धा, आममाफी पाएकाहरू फर्किएका छन् ।
जतिबेला नेपालमा कोरोना संक्रमण फैलन नदिन लकडाउन तोडेको खबरहरू आइरहेका थिए । त्यतिबेला सरकारले ‘कफ्यूर्’ गरेर लागू गरेका लकडाउन जनताले पूर्णरूपमा पालना गरेका थिए । यहाँका सातवटै राज्यहरूलाई प्रत्येक दिन बेलुका ‘स्यानिटाइज’ गरिन्थ्यो । घर वरिपरिको क्षेत्र, पार्किङ, सवारीसाधनहरू ‘स्यानिटाइज’ गरिन्थ्यो । लकडाउन एकदमै कडा थियो । १५ दिन सम्पूर्ण कम्पनीहरू बन्द गर्ने घोषणा सरकारले नै ग¥यो । बाहिर निस्कन दिइएन । एक प्रदेशबाट अर्को प्रदेशमा समेत जान पाइँदैन थियो । अबुधाबी यहाँको राजधानी हो । अन्य राज्यमा लकडाउन खुले पनि यहाँ अझै कडा लकडाउन छ । कोरोना नियन्त्रण गर्न यहाँको सरकार कति चनाखो र सचेत भयो भने, अत्यावश्यक सामान खरिद गर्नका लागि पास लिएर निश्चित समयका लागि मात्रै बाहिर जान मिल्ने व्यवस्था गरेको थियो । पास वितरण एकदमै व्यवस्थित थियो । अनलाइन मार्फत तथ्यांक संकलन गरिएको थियो, त्यही तथ्यांकको आधारमा पास वितरण गरियो । पासको प्रयोगमा पनि कडा नियम लगाइएको थियो । तोकिएको समयमा जानुपर्ने र तोकिएकै समयमा फर्कनुपर्ने थियो । पीसीआर टेस्ट पनि अत्याधुनिक मेसिनबाट गरिएको थियो । परीक्षणको नतिजा पनि छिटोभन्दा छिटो जनतालाई जानकारी गराइएको थियो । जनतालाई गुमराहमा राख्ने कुनै पनि काम यहाँको सरकारले गरेन । यहाँको सरकारको परिपक्क र जिम्मेवारपूर्ण कामले अहिले यहाँको अवस्था सामान्य हुँदै गएको छ । जुलाई २३ बाट कोरोनाका कारण सुसुप्त भएको पर्यटनलाई उकास्न काम सुरु गर्ने भएको छ ।
यहाँको अर्को महत्वपूर्ण कुरा के भने, नागरिकलाई कोरोनाका बारेमा चेतना जगाउनका लागि सरकारले सवारी साधनमा कोरोनासम्बन्धी जनचेतनामूलक  पम्प्लेट राख्ने काम ग¥यो । लकडाउनका बेला घरमै बस्न, भीडभाड नगर्न र सामाजिक समारोह गर्न नपाउने नियम बनाएको थियो सरकारले । सार्वजनिक स्थलहरूमा तीनजना भन्दा धेरै जमघट हुन नपाउने व्यवस्था थियो । सरकारले लागू गरेको नियम पालना नगर्नेलाई  जरिवाना र दण्डको समेत तोकेको थियो  । पाँच किलोमिटरको दूरीमा प्रहरी हुन्थे ।
बिरामीको रेखदेख पनि एकदमै राम्रो तवरले गरिएको थियो । बिरामीको ‘रिकभरी रेट’ पनि राम्रो भयो । त्यसैले विश्व स्वास्थ्य संगठनले यूएइलाई सुरक्षित देशको सूचीमा राखेको छ ।
कोरोना संक्रमण फैल्दै गएपछि समस्याहरू बढ्दै गए । कम्पनीहरू बन्द थिए । कम्पनीले श्रमिकलाई पारिश्रमिक दिएका थिएनन्, त्यतिबेला भएको पैसा पनि टिकट बुकिङमा खर्च भएकाले साथमा पैसा हुने कुरै भएन । साँच्चै त्यत्तिबेला नेपालीको अवस्था हृदयविदारक नै थियो । अप्ठ्यारोमा परेका नेपालीलाई सहयोग गर्नु हाम्रो कतव्र्य थियो । त्यसैले, एनआरएनसँग मिलेर नेपाली जनसम्पर्क समिति, प्रवासी नेपाली मञ्च र अन्य संघ संस्थाहरूले राहत वितरण ग¥यौं । उहाँहरूलाई ६ देखि १२ दिनसम्म पुग्ने गरी दाल, चामल तेल, गेडागुडीलगायतका खाद्य सामग्र प्रदान गरेका थियौं । अलपत्र नै परेका केही साथीहरूलाई एनआरएनका साथीहरूले आफ्नै घरमा व्यवस्था मिलाएर राख्नुुभयो । अप्ठ्यारो पर्दा सहयोगको हात फैलाउन पाउँदा केही ग¥यौं भन्ने भयो, एकातर्फ भने अर्कोतर्फ भावविह्वाल भयौं । ४० वटाजति संघ संस्था मिलेर सहयोगका लागि एउटा फण्ड बनाएका छौं, अहिले त्यसबाट नै काम गरिरहेका छौं ।
तीनदेखि चार हजार नेपाली सरकारले तोकेको भाडा  तिरेर नेपाल आउन सक्ने क्वारेन्टिनमा बस्ने सक्ने अवस्थामा हुनुहुन्न । जो गैरकानूनी रूपमा यहाँ आउनुभयो, त्यसरी नै बस्नुभयो उहाँहरूले यो समस्या परेको हो । यो समस्याको समाधान त कसरी गर्ने त्यसतर्फ हामीले छलफल गरिरहेका छौं ।
(बस्नेत, नेपाली कांग्रेस महासमिति सदस्य तथा नेपाली जनसम्पर्क समिति, यूएईका पूर्वअध्यक्ष हुन् )

प्रतिक्रिया दिनुहोस् :-

सम्पर्ककाे लागि


शब्दघर प्रा.ली.
सुनाकाेठी, ललितपुर


sabdhaghar@gmail.com
www.shabdakoghar.com


+9779841401448
+9779841289797