अस्पतालको बेडमै गरेको त्यो निर्णय…………

अरुण सैंजु आकस्मिक उद्धारक

पाँच वर्ष अघि वैशाख १२ गते अत्यधिक ज्वरोका कारण म अस्पताल भर्ना भएको थिएँ । त्यो दिन, नेपालमा ठूलो भूकम्प गएको थियो । भूकम्पमा परी उपचारका लागि अस्पताल ल्याइएका बिरामीले अस्पताल खचाखच भयो । ज्वरोबाट तंग्रिए लगत्तै मैले समूह बनाएँ । आरएण्डए १६ नाम दिएर एउटा समूह बनाएँ । हामी आठ जनाको समूह मिलेर रेसक्यू एण्ड अवेरनेस —१६ नामक संस्था खोलेर काम सुरु गरेँ । यो संस्थाको मुख्य उद्देश्य उद्धार र चेतना फैलाउनु हो । १६ लाई हामीले सांकेतिक रूपमा प्रयोग गरेका छौं । भूकम्प, बाढी, पहिरो, हुरी आगलागीलगायतका प्रकोप र अन्य महामारी गरी १६ वटामा परेकालाई हामी सेवा दिन्छौं ।
म भक्तपुरको एभरेष्ट स्कुलमा डीआइ अर्थात अनुशासन इन्चार्जको रूपमा काम गर्छु । मेरो साथी राजेश भक्तपुरकै आदर्श आजादमा पढाउनु हुन्छ । अन्य साथीहरू अन्य व्यवसायमा हुनुहुन्छ । उद्धार र जनचेतनाको काममा भने हामीसँगै हुन्छौं । हाम्रो यो संस्थाले नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीसँग मिलेर तीन महिनाअघिदेखि कोभिडका बारेमा जनचेतना जगाउने काम गरिरहेको  थियो ।
विभिन्न विद्यालय, गुम्बा र धेरै मान्छे जम्मा हुने ठाउँमा हामीले कोरोनाविरुद्ध जनचेतना जगाउने काम गरिरहेका थियौं । लडडाउन सुरु भएपछि भक्तपुर अस्पतालमा आउने बिरामीको ज्वरो नाप्न क्लिनिक सुरु ग¥यौं । तालिम बिना यो महामारीमा सुरक्षित भएर काम गर्नु बुद्धिमानी हुँदैन भनेर हामीले तालिम दिन प्रस्ताव राख्यौं । हाम्रो प्रस्तावलाई सुरक्षा निकायले स्वीकार ग¥यो । त्यसपछि हामीले तालिम सुरु ग¥यौं ।
भक्तपुरको बीरदल गणबाट शव व्यवस्थापनको तालिम लियौं । रेन्जर महावीर गण छाउनीबाट ‘डेडबडी ह्याण्डलिङ र डेमोस्ट्रेसन’ तालिम लिएका छौं । महानगरीय प्रहरी परिसर भक्तपुरबाट पीपीई लगाउने तालिम लियौं ।

कसैको नहोस् यस्तो मृत्यु 

गएको शनिबार हामी नेपाली सेनाको बीरदल गणका कर्णेल शिव पौडेललाई भेट्न ब्यारेक पुगेका थियौं । भक्तपुर प्रहरी प्रमुख सविन प्रधान र कर्णेल पौडेल फोनमा व्यस्त हुनुहुन्थ्यो । उहाँले कुरा गरेको सुनेपछि मैले हामीसँग एम्बुलेन्स छ हामी जान्छौं भनेर प्रस्ताव राखेँ । फोनको कुरा सक्ने बित्तिकै सरहरूले एम्बुलेन्ससहित अस्पताल आउन भन्नुभयो ।
कोरोनाबाट काभ्रेको धुलिखेल अस्पतालमा मृत्यु भएकी महिलाको शवको पशुपतिस्थित विद्युतीय शव दाहगृहमा अन्तिम संस्कार गर्ने निर्णय भएको रहेछ । प्रशासनले काभ्रेको एम्बुलेन्स र शव वाहनलाई आग्रह गरेको रहेछ । तर कसैले नमानेको पछि थाहा पायौं ।
शनिबार साँझ साँढे सात बजेतिर हामी भक्तपुरबाट धुलिखेल अस्पताल पुग्यौं । जुन अस्पतालमा कोरोनाको कारण मृत्यु भएकी महिलाको शव राखिएको थियो । भक्तपुरबाट हिँड्दा नै पीपीई सेट लगाएका थियौं । धुलिखेल अस्पताल पुगेपछि म र राजेश शव राखिएको ठाउँतिर लाग्यौं । अस्पतालले शव प्लाष्टिकमा बेरेर राखेको रहेछ । स्ट्रेचरमाथि शव थियो । शवबाट बगेको रगत भुइँसम्म पुगेको थियो । शवलाई हामीले दोब्बर ¥यापिङ ग¥यौं । त्यसपछि ब्यागमा हाल्यौं । चकलेट चेपिङ ट्यापिङ गरेर भुइँमा चुहिएको रगत पनि सफा ग¥यौं । उनको शव एम्बुलेन्समा राखेर अस्पतालबाट बाहिरिदाँ भक्तपुरबाट गएको सेना र प्रहरी बाहेक काभ्रेको प्रहरी निरीक्षकको टोली पनि हामीसँगै थियो । अस्पतालको गाडीमा मृतक महिलाका श्रीमान् बस्नु भएको थियो । भक्तपुरका प्रहरी र सेना प्रमुख, काभ्रेको प्रहरीको  गाडीले स्कर्टिङ गरेर शव पशुपति लग्यौं ।
पशुपतिनाथ परिसरको वातावरण अरु बेला जस्तो थिएन । सुनसान थियो । हामीले  ती महिलाको शव शवदाह गृहसम्म पु¥यायौं । यो शव अन्य जस्तो सामान्य थिएन । अन्तिम संस्कारको कुनै विधि, प्रक्रिया भएन । मृतकका श्रीमान् र सेना, प्रहरी एक सय मिटर टाढा हुनुहुन्थ्यो । एम्बुलेन्सबाट शव झिकेको, शवदाह गृहमा छिराएको हेरिरहनु भयो उहाँहरूले । शव राखेपछि कर्मचारीले स्वीच अन गर्नुभयो । त्यसपछि हामी त्यहाँबाट बाहिरियौं । गाडीलाई डिसइन्फेक्टेड ग¥यौं । मृतकका श्रीमान्लाई भने काभ्रेको धुलिखेल अस्पताल नै लगियो । त्यसपछि हामी आइसोलेसनमा बस्न सूर्यविनायक डाँडामा रहेको वीरदल गणतिर लाग्यौं । अहिले हामी आइसोलेसनमा छौं । हाम्रो खानासहितको व्यवस्था सेनाले गरिरहेको छ ।
हामी कोरोनाका कारण मृत्यु भएकी ती महिलाको शव एम्बुलेन्समा राखेर पशुपतितर्फ लैजाँदै गर्दै मैले वैशाख १२ को त्यो दिन सम्झिएँ, जतिखेर म अस्पतालको शैय्यामा बसेर प्रकोप र महामारीमा परेकाको उद्दारको लागि काम गर्ने सोचिरहेको थिएँ । लाग्यो, त्यो समूह गठन र कामको उद्देश्य ठीक  रहेछ । अस्पतालको बेडमै गरेको निर्णय राम्रो रहेछ भन्ने लाग्यो ।

कोभिड एम्बुलेन्सका कुरा 

कोभिडका बिरामी बोक्न हामीलाई एउटा गाडी आवश्यक थियो । तर, हामीसँग आफ्नो गाडी थिएन । नेपाल उद्योग वाणिज्य महासंघका पूर्वउपाध्यक्ष केपी ताम्राकारसँग कोभिडका बिरामीको उद्दार गर्न गाडी आवश्यक परेको बतायौं । उहाँले आफूले प्रयोग गरिरहेको गाडी एम्बुलेन्स बनाउन दिनुभयो । ताम्राकार सरले दिनु भएको गाडीलाई वीरदल गणका कर्णेल शिव पौडेल सरले र मैले परिवर्तित रूप दिएर कोभिड एम्बुलेन्स बनाएका हौं । ‘संभावित बिरामीलाई बोक्न आनाकानी बढेपछि हामीलाई छुट्टै एम्बुलेन्सको महसुश भयो । भक्तपुरमा ‘कोरोना विशेष एम्बुलेन्स’ चैतको अन्तिम साताबाट चलाउन सुरु गरेका हौं । यो एम्बुलेन्स एकजना बिरामी मात्रै सुत्न मिल्ने गरी बनाइएको छ । अरु एम्बुलेन्सभन्दा होचो छ । अरु कोही बस्न मिल्दैन । एम्बुुलेन्समा अन्य सामान्य एम्बुलेन्समा जस्तै अक्सिजनलगायतका आधारभूत सामाग्री पनि राखिएका छन् । यो एम्बुलेन्स सुरक्षित तरिकाले बनाएका छौं । हामीले लकडाउनको अवधिमा आरडीटी पोजेटिभ देखिएका, कोरोना शंका लागेका व्यक्तिलाई पनि हामीले यो एम्बुलेन्सको सेवा दियौं । मृत्यु भएकालाई घाटसम्म पनि लगिदिएका छौं ।

आमालाई बहिनीको जिम्मा 

आमा घरमा एक्लै हुनुहुन्छ । उहाँ ६१ वर्षको हुनुभयो । मधुमेहको रोगी हुनुहुन्छ । उहाँको रेखदेख बहिनीहरूले गरेका छन् । शव जलाएर आएपछि फोन गर्नुभएको थियो । बरोबर फोन गरिरहनु हुन्छ । म पनि आमालाई फोन गर्छु । सबै सावधानी अपनाएर काम गरेको बताउँछु । चिन्ता नलिनु भन्छु । लकडाउन भएपछि म घर गएको छैन । म भक्तपुर सिद्धपोखरीमा बस्छु । मेरो साथी राजेश भक्तपुरको जेलामा बस्नुहुन्छ । हामी लकडाउन सुरु भएदेखि नै अस्पतालको चौरमा टेन्ट हालेर बसिरहेका छौं ।

प्रतिक्रिया दिनुहोस् :-

सम्पर्ककाे लागि


शब्दघर प्रा.ली.
सुनाकाेठी, ललितपुर


sabdhaghar@gmail.com
www.shabdakoghar.com


+9779841401448
+9779841289797