कोरोना बिरामी डिस्चार्ज भएर जाँदा, ‘आफन्तसँग छुट्टिएको जस्तो महसुस भयो’

सम्मानको श्रृंखला 
                                             अंजना श्रेष्ठ 
नर्सिङ अधिकृत, आइसोलेसन वार्ड, नारायणी अस्पताल वीरगञ्ज 

म अहिले क्वारेन्टिनमा छु । एक साताको ड्युटी सकेर क्वारेन्टिनमा बसेको हुँ । कोरोना भाइरस संक्रमित बिरामीको उपचारमा खटिने डाक्टर, नर्स ड्युटीपछि क्यारेन्टिनमा बस्छौं । समुदायको सुरक्षाका लागि क्वारेन्टिनमा बसेका हौं । अस्पताल नजिकैको होटेलमा बसेका छौं । यहाँ बस्दा ड्युटी मिस भएको छ । घर परिवारलाई पनि कहिले भेटौं जस्तो लागेको छ ।
११ वर्षकी छोरी छिन् । भिडियो कल गर्छु । छोरीले पनि मिस गरेकी छन् । मलाई पनि उनी मिस भएको छ । कोरोना र मेरो पेशा बुझेकाले मलाई काम गर्न सजिलो भएको छ । संयुक्त परिवारमा बसेकाले क्वारेन्टिन कहिले काहीँ पट्यार लाग्छ । सञ्चारमाध्यमहरूबाट कोरोनाको बारेमा अपडेट हुन्छु । तथ्यांकको आधारमा विश्लेषण गर्छु । मृत्युको भन्दा निको भएर घर फर्किएको समाचारलाई प्राथमिकता दिन्छु । यसो गर्दा आत्मबल बढ्छ । डिस्चार्ज भएको समाचारले सकारात्मक बन्न सहयोग गर्छ । ड्युटीमा रहेका साथीहरूसँग सम्पर्कमा रहनुपर्छ । यसले अपडेट हुन सहयोग गर्छ । आफ्नो अनुभव बाँड्दा ड्युटीमा रहेका साथीहरूलाई सजिलो हुन्छ ।
अस्पतालमा कोभिड केस पहिलो पटक आउँदा म ड्युटीमा थिएँ । त्यो दिन एकदमै डर लागेको थियो । के गर्ने ? कसो गर्ने ? काम कसरी गर्ने ? मलाई पनि कोरोना सरिहाल्छ कि ? यस्तै यस्तै प्रश्नले मन विचल्लित भएको थियो । तर, मन सम्हालेँ । मनमा छुट्टै खालको भावना आयो । यो भावना स्वास्थ्य क्षेत्रमा खटिने सबैलाई आउँछ जस्तो लाग्छ । त्यसैले त आज हामी चिकित्सक, स्वास्थ्यकर्मी अनेक अप्ठ्याराहरू बीच पनि खटिइरहेका छौं । कोरोनाले रोगसँग लड्नमात्रै सिकाएन, समूहमा काम कसरी गर्ने, अप्ठ्यारो अवस्थासँग कसरी जुध्ने, निर्माण लिने प्रक्रियाको बारेमा समेत बुझ्न सिकायो ।
पहिलो दिनको त्यो डर अहिले विस्तारै कम भएको छ । आत्मबल बढेको अनुभव हुन्छ । कोरोनालाई जित्न सक्छौं भन्ने लाग्छ  । एउटा कुरा यहाँ स्मरण गर्न चाहन्छु, १९ वर्षका एक जना बिरामीको कुरा गर्छु । उहाँ अहिले पनि उपचारमै हुनुहुन्छ । केही दिन अघि उहाँ आइसोलेसनमा वार्डमा एक्लै  हुनुहुन्थ्यो । अर्को अस्पतालले कोरोना ‘सस्पेक्टेड’ भनेर एक जना बिरामीलाई हाम्रो अस्पतालमा रिफर ग¥यो । परीक्षण गर्दा उहाँको रिपोर्ट नेगेटिभ आयो । तर, रिफर गरिएका बिरामीको अरू नै रोगका कारण मृत्यु भयो । त्यत्तिबेला ती भाइ अलिकति पनि डराउनु भएन । उहाँको आत्मबल देखेर मलाई पनि हौसला मिलेको थियो । पहिलो पटक अस्पतालमा कोरोना संक्रमित भएर आउनेहरू मुस्लिम समुदायबाट हुनुहुन्थ्यो । आठजना एकैपटक आउनु भएको  थियो । एक दुई दिन त एक अर्कालाई चिन जान गर्न नै लाग्यो । बिस्तारै उहाँहरू यति नजिक हुनुभयो कि, परिवारको सदस्य जस्तै लाग्न थाल्यो । सम्बन्ध आत्मिय बन्यो । भिडियो च्याटमा कुराकानी गथ्र्यौं ।  सीसी क्यामेराबाट उहाँहरूले नमाज पढेको हेथ्र्यौं । दिनको पाँच पटक जति नमाज पढ्नु हुन्थ्यो । रमजान चलिरहेकाले नमाज पढ्नु भएको रहेछ । जस्तो अप्ठ्यारो परिस्थितिमा पनि आफ्नो धर्म, संस्कृतिलाई सम्झेर देखेर खुसी लाग्यो । औषधि वा अन्य अत्यावश्यक सामान पु¥याउन जाँदा ‘सिस्टर तपाईहरू जानु भएहुन्छ, केही परे हामी फोन गर्छौ’ भन्नुहुन्थ्यो । उहाँहरूले रोगको प्रकृति बुझेको देखेर खुसी लाग्यो । उहाँहरू सहयोगी भइदिँदा हामीलाई काम गर्न सजिलो भयो । उहाँहरू अस्पतालबाट डिस्चार्ज भएर जाने बेलामा त नजिकको आफन्तसँग छुट्टिनु परेको जस्तो भयो ।

# Anjana Shrestha # Narayani Hospital # Covid-19 # Nepal Lock Down # Health Ministry # कोरानो बिरामी # अंजना श्रेष्ठ # नर्सिङ अधिकृत # आइसोलेसन वार्ड # क्वारेन्टिन कोरोना संक्रमित # मुस्लिम समुदाय

प्रतिक्रिया दिनुहोस् :-

सम्पर्ककाे लागि


शब्दघर प्रा.ली.
सुनाकाेठी, ललितपुर


sabdhaghar@gmail.com
www.shabdakoghar.com


+9779841401448
+9779841289797