छोरीले फोनमा भन्छिन्, ‘ म त तपाईलाई धेरै मिस गर्छु, तपाई नि ?’

डा. रुना झा

निर्देशक, जनस्वास्थ्य प्रयोगशाला टेकु, काठमाडौं 
सम्मानको श्रृंखला 

डेढ महिना अघि घर र अफिसमा व्यस्त भइन्थ्यो । कहिले काँही क्लिनिक पनि जान्थेँ । तर अहिले दिनचर्या बिल्कुलै भिन्न छ । मुलुकले महामारी खेपिरहेको बेला चिकित्सकको दिनचर्या सामान्य हुने कुरा पनि भएन । प्रत्येक दिन बिहान आठ बजे स्वास्थ्य मन्त्रालयमा बैठक हुन्छ । त्यो बैठकमा अनिवार्य उपस्थित हुनुपर्छ । ब्रिफिङ गर्नुपर्छ । तयारीका बारेमा छलफल गर्छौं । त्यसपछिको समय अस्पताल र प्रगोगशालामा बित्छ । घर फर्कने समय निश्चित छैन । प्रायजसो रातको नौ–दश बज्छ । कहिले काहीँ त्यो भन्दा ढिला हुन्छ । काममा निरन्तर खटिनु पर्दा परिवारलाई एकदमै ‘मिस ’गरिराखेको छु । छोरीले पनि मिस गरेकी छिन् । उनले मलाई बरोबर फोन गरिराखेकी हुन्छिन् । र मलाई भन्छिन् —‘मलाई कति मिस गर्नु भएको छ ? ’भनेर सोध्छिन् । कोरोनादेखिनु अघि म आफ्ना अभिभावकलाई भेट्न हप्तामा तिन, चार पटक जान्थेँ । अहिले गएकी छैन । अहिले भेटघाट भन्दा पनि सुरक्षा ठूलो विषय हो । दुरी कायम गर्नु महत्वपूर्ण हो ।  
कोरोना देखिनु अघि अन्य रोग परीक्षण गर्न  पाँच–सात सय बिरामी आउनु हुन्थ्यो । अहिले दैनिक एक हजारको कोरोना भाइरस परीक्षण गर्न सक्ने गरी क्षमता विकास गरेका छौं । यो प्रयोगशालामा अहिले  कोरोना संक्रमण भए नभएको मात्रै परीक्षण हुन्छ । धेरैको परीक्षण गर्नुपर्ने भएकाले अन्य सेवाहरू रोक्न नेपाल सरकारले परिपत्र जारी गरेको थियो । सबैजना कोरोना नियन्त्रण र रोकथामका लागि केन्द्रित भएका छौं । कोरोना परीक्षण र नमूना व्यवस्थापनमा व्यस्त छौं । सबै शाखाका कर्मचारी कोरोना नियन्त्रण तथा रोकथाम लाग्नु भएको छ । 
प्रयोगशालामा कार्यरत सबै कर्मचारीलाई ल्याउने लैजाने व्यवस्था गरेको छौं । अस्पतालबाहिर खाजा, खानाका पसल खुलेका छैनन् । त्यसैले खानाको व्यवस्था अस्पतालभित्रै गरेका छौं । अहिलेसम्म त रातको १२ बजे नै भए पनि घर गएका छौं । कुनै दिन अस्पतालमा नै बस्नु पर्ने संभावनालाई मध्यनजर गरी १० बेड तयार गरेका छौं । 

मुखभित्र हात हालेर थ्रोट स्वाब लिदाँ …

कोरोना भाइरस संक्रमणको शंका लागेका बिरामीको नमूना संकलन चुनौतिपूर्ण हुन्छ । त्यतिबेला धेरै सावधानी अपनाउनु पर्छ । नमूना खोल्ने बेलामा पनि हामी सचेत हुनुपर्छ । नमूना खोेल्न विशेष व्यवस्था हुन्छ । बाइसेफ्टी क्याबिनेटभित्र मात्रै खोल्छौं । ल्याबमा गरिने पहिलो र दोस्रो परीक्षणमा धेरै सावधानी अपनाउनुपर्छ । चीनको वुहानबाट उद्धार गरी खरीपाटीको क्वारेन्टिनमा राखिएका सबैजनाको परीक्षणका लागि नमूना संकलन गर्नुपर्ने थियो । त्यत्तिबेला मैले आफ्नै नेतृत्वमा १० जनाको टीम तयार गरेँ । पेशाप्रतिको प्रतिबद्धता र जिम्मेवारीका कारण सबैजनाले जोखिमपूर्ण त्यो कामलाई नाइनास्ती गर्नु भएन । उद्धार गरिएकाहरूलाई ल्याउनु अघि नै म आफ्नो टीमलाई लिएर क्वारेन्टिन स्थल पुगेकी थिँए । क्वारेन्टिनमा राखिएकाहरुको नमूना संकलन २४ घण्टाभित्र गर्नुपर्ने थियो । 
नेपाली सेनाको चिकित्सक टोलीसँगको सहयोगमा नमूना संकलनका लागि ४ वटा स्टल निर्माण गरिएको थियो । धेरैवटा स्टल बनाउनुको उद्देश्य नमूना संकलन छिटो गर्न सकिन्छ भन्ने थियो । बिरामीको नमूना संकलन गर्ने सबैले पीपीई (पर्सनल प्रोटेक्टिभ इक्युपमेन्ट) लगाएका थियौं । क्वारेन्टिनमा आएकाहरू कोही संक्रमित छन् कि भन्ने शंका मनको अन्तरकुन्तरमा त छँदैथियो । तर पनि उच्च मनोबलले ती सब शंका क्षीण भएका थिए ।
नमूना संकलन गर्ने बेलामा सानो लापरबाही भए आफू पनि संक्रमित हुन सक्ने खतरा थियो । हामीले भक्तपुरको खरिपाटीस्थित क्वारेन्टिन जाँदैछौ भन्ने कुरा घरमा भनेका थिएनौं । किनभने यो हाम्रो काम थियो त्यसैले जानकारी गराएनौं । टेकुबाट खरिपाटी जान गुडेको गाडी त्यहाँ पुगेर रोकियो । हामीहरू तपाईहरूको नमूना संकलन गर्न आएका हौं, सहयोग गर्नुहोस्, त्रसित नहुनुहोस् भन्दै माइकिङ ग¥यांै  । उहाँहरूलाई प्रक्रियाबारे बुझाएका थियौं । तपाईहरूको नाकको ¥याल ‘नेजल स्वाब’ र मुखको ¥याल ‘थ्रोट स्वाब’ लिने जानकारी गरायौं । एक जना व्यक्तिको नमूना संकलन गर्न १० मिनेट जति लागेको थियो । करिब ४ घण्टामा हामीले सबैजनाको नमूना संकलन ग¥यौं ।
सबैले पालैपालो आ आफ्नो नमूना दिएर सहयोग गर्न अनुरोध ग¥यौं । हामी चार समूहमा विभाजित भएका थियौं । १ जना सुपरीवेक्षणका लागि बस्नुभयो । आमने–सामने बस्न त मान्छे डराइरहेका बेला उहाँहरूको मुखभित्र हात पसाएर ‘थ्रोट स्वाब’ निकालेका थियौं ।  आफ्नै हातले झिकेको नमूना भाइरल ट्रान्सपोर्ट मिडिया कन्टेनरमा राखेका थियौं । संकलित नमूना राख्दा पनि हामीले धेरै सावधानी अपनाएका  थियौं । ३ तहमा ट्रिपल प्याकेजिङ लेयरले नमूनालाई बेरेका थियौं । ४ डिग्री सेन्टिग्रेड तापक्रममा मेन्टेन गर्नुका साथै स्वाब लिकेज नहोस् भनेर ३ तहमा बेरेका थियौं । 
सबै नमूनाको रिपोर्ट आउन तीन दिनभन्दा धेरै समय लाग्थ्यो । रातको ११ बजेसम्म लगातार काम गरेर ३ दिनभित्रै परिणाम दिएका थियौं । 
त्यत्तिबेला नेपाला कोरोना भए–नभएको यकिन गर्ने एक मात्रै प्रयोगशाला थियो–राष्ट्रिय जनस्वास्थ्य प्रगोगशाला काठमाडौं । कोरोना संक्रमण बढ्न थालेपछि सरकारले सातै प्रदेशमा प्रयोगशाला खोलिएको छ । 

म कसरी आउनु र अस्पतालतिर 

लकडाउन सुरू भएको थिएन । एकजना बिरामी परीक्षणको लागि स्याम्पल छाड्न प्रयोगशाला आउनु भयो । परीक्षणको रिपोर्ट आउन दुई दिन लाग्थ्यो । उहाँले मेरो रिपोर्ट आजै दिनुस् भन्नुभयो । हामीले दुई दिनपछि मात्रै रिपोर्ट आउँछ भन्यौं । तर, उहाँ मान्नु भएन । ‘यो एरियामा ट्याक्सी आउनै मान्दैन, त्यसैले आजै दिनुस् भनेको हुँ’, कोरोनाको उपचार गर्ने अस्पताल भएकाले ट्याक्सी आउन नमान्ने रहेछ । बिरामीसँग कुरा गरेपछि थाहा पायौं । 
एकजना म्याडमलाई मैले रिसर्चको काम दिएको थियो । डेडलाईन सक्इिसकेको थियो । उहाँलाई मैले फोन गरेँ । काम त धेरै पहिला सक्किएको बताउनु भयो । ‘यस्तो बेलामा कसरी त्यो अस्पताल आउने भनेर नआएको, डाक्टरसाब यस्तो बेलामा आउनेर’ भन्नुभयो । मैले उहाँहरू दुबैजनालाई बुझाएँ । नियमित  हामी ४०–५० जना काम गरिरहेका छौं । अस्पताल आउँदैमा कोरोना सार्दैन भन्दै उहाँलाई सम्झाएँ । कोरोना भाइरसका बारेमा जस्तो बुझाई छ, त्यो एक किसिमबाट ठीक हो । यस्तो हुँदा लापरबाही हुँदैन । तर, कहिले काहीँ मनमा उब्जने धेरै त्रासले समस्या पनि उत्पन्न हुँदो रहेछ ।

नोट ः शब्द घरले तयार पारेको यो सामग्री सञ्चारमाध्यम वा अन्य प्रयोजनका लागि प्रगोग गर्नु पर्ने भए अनिवार्य रूपमा स्रोत उल्लेख गर्नुपर्ने छ 

# डा. रुना झा # जनस्वास्थ्य प्रयोगशाला # स्वास्थ्य मन्त्रालय # कोरोना कोभिड १९ # कोरोना भाइरस # परीक्षण # थ्रोट स्वाब # क्वारेन्टिन # नोजल स्वाब
# Dr. Runa Jha # National Laboratory # Covid-19 # Health Ministry # Nepal Lockdown # Throat Swab test #

प्रतिक्रिया दिनुहोस् :-

सम्पर्ककाे लागि


शब्दघर प्रा.ली.
सुनाकाेठी, ललितपुर


sabdhaghar@gmail.com
www.shabdakoghar.com


+9779841401448
+9779841289797