ढिला नगरी काठमाडौं उपत्यकामा छुट्टै कोरोना अस्पताल निर्माण गर्नुपर्छ

    प्रा.डा.राजिवकुमार झा  निर्देशक, चाइना–नेपाल फ्रेन्डसिप मेडिकल रिसर्च सेन्टर

केही दिन अघि एउटा समाचार पढें । त्यो समाचार पढेपछि म निक्कै बेर घोत्लिएँ । त्यो सामाचार थियो, ‘काठमाडौं प्रवेश गर्दा कोभिड परीक्षणको रिपोर्ट अनिवार्य चाहिन्छ’ म छक्क परेँ । निर्णय किन समयमा हुँदैन ? यो प्रश्नले मन विचलित भयो । यो निर्णय २० दिन अघि मात्रै हुन सकेको भए, काठमाडौं अहिलेको जस्तो जोखिममा हुँदैनथ्यो । लकडाउनको दुई महिना पूरा भइसके पछि मात्रै किन यस्तो निर्णय गरियो ? यो सबैभन्दा ठूलो प्रश्न हो । सरकारको यो ठूलो कमजोरी हो । सरकार चुकेको महत्वपूर्ण विषय हो, उपत्यकामा छुट्टै कोरोना अस्पतालका निर्माण । यति धेरै जनघनत्व भएको उपत्यकामा सरकारले छुट्टै कोरोना अस्पताल निर्माण गर्नुपथ्र्यो, त्यो अस्पताल निर्माण भएन, निर्माण गरिएन । अझै पनि समय छ उपत्यकामा पाँच–सात सय बेडको छुट्टै कोरोना अस्पताल निर्माण गर्नुपर्छ । कोरोना र अन्य रोगका बिरामीलाई एउटै अस्पतालमा राखेर उपचार गर्दा वातावरण झन् त्रसित बन्छ । त्यसको पछिल्लो उदाहरण महाराजगन्जस्थित शिक्षण अस्पतालमा कोरोना संक्रमित देखिँदा त्यहाँ देखिएको आतंकित अवस्था । कोरोना संक्रमण फैलन नदिन सरकारले गर्नुपर्ने धेरै काम थिए, ती काम सरकारले गर्न नखोजेको हो कि गर्न नचाहेको हो, त्यो मैले बुझ्न सकिन् ।
सरकारले गर्नुपर्ने अर्को मुख्य काम भनेको जनचेतना हो । अधिकांश मानिसलाई कोरोना भन्ने शब्द मात्रै थाहा छ । के बालक, के वृद्ध सबै यो शब्दसँग अभ्यस्त भइसकेका छन् । तर, यसको लक्षण, सावधानी र पु¥याउने हानीका बारेमा उनीहरूलाई केही थाहा छैन । हेलचेक्रार्इं छ । नेपालीमा एउटा भ्रम के छ भने, नेपालीलाई कोरोना लाग्दैन । नेपालीको बुझाई नै यस्तो भयो । कोरोनालाई यति हल्का रूपमा लिनु हुँदैन ।
कोरोना संक्रमणका कारण मृत्यु हुनेको प्रतिशत दुई वा तीन भए पनि संक्रमण फैलने दर एकदमै धेरै हुन्छ । संक्रमित मान्छे सबैको मृत्यु हुँदैन तर, संक्रमणले व्यक्ति स्वयंलाई त अप्ठ्यारो हुने भै हाल्यो । परिवार, समुदाय र समाज समेत प्रभावित हुन्छ । त्यो असर आर्थिक, मनोवैज्ञानिक, स्वास्थ्यलगायत धेरै विषयसँग सम्बन्धित हुन सक्छन् । सरकारले चेतना कहाँ आवश्यक छ, त्यो छुट्याउनु पर्छ । काठमाडौंमा सीमावर्ती जिल्लाहरूमा जस्तो चेतना आवश्यक छैन । किनभने तराईमा अर्झै गरिबी, अशिक्षा र अभाव व्याप्त छ । बुझ्ने, बुझाउन सक्नेहरू वैदेशिक रोजगारीमा छन् । लेखपढ नगरेका, उमेर ढल्केकाहरू तराईका जिल्लामा भएकाले त्यहाँ चेतना जगाउनु अझै आवश्यक छ ।
प्रत्येक प्रदेशको आफ्नै खालको भौगोलिक अवस्था र विशेषता छ । चेतनाको अवस्था समेत फरक छ । त्यहाँ भएका अस्पतालहरूले जनताको अवश्यकता अनुसारको सेवा दिन सक्ने अवस्था छैन । त्यसैले नीति, योजना र कार्यक्रम बनाउँदा त्यहाँको वस्तुअवस्था बुझ्नु आवश्यक हुन्छ ।
मैले सुरुमै भनेको थिएँ, नेपालमा कोरोना चीनबाट भित्रिँदैन । भारतबाट भित्रन्छ । यसो भन्नुको मुख्य कारण हो, भारतसँग नेपालको खुल्ला सिमाना । तराईका जिल्लाहरूबाट खेतै खेत हिँडेर गएपनि भारत पुगिन्छ । जब लकडाउन सुरु भयो त्यसपछि भारतमा दैनिक ज्याला मजदुरी गर्नेहरू नेपाली स्वदेश फर्कन सुरु गरे । भारतीय सीमा क्षेत्रबाट नेपाली स्वदेश आउने क्रम बढेपछि यहाँ संक्रमणको दर ह्वात्तै बढेको देखिन्छ । सरकारले नेपालमा लकडाउन सुरु गरेलगत्तै भारतसँगको सीमा नाकाहरू बन्द गर्नुपथ्र्यो । सिमानामा ठूल्ठूला क्वारेन्टिन सञ्चालन गर्नुपथ्र्यो । सरकार त्यो काम गर्न चुक्यो ।
नेपाल अहिले संघीयता कार्यान्वयनको चरणमा छ । संघीय, प्रदेश र स्थानीय सरकारले आफ्नो कार्य क्षमता प्रस्तुत गरेर जनताको मन जित्ने महत्वपूर्ण अवसर पनि हो यो । नेतृत्वको काम गर्ने तरिका, सोच्ने शैली र तयार पारेको संयन्त्र कस्तो छ भनेर जनताले बुझ्ने समय भनेको नै अप्ठ्यारो परेको बेलामा हो । त्यो अहिले नै हो । संघीयता लागू भै सकेको अवस्थामा प्रादेशिक सरकार र  स्थानीय सरकार संघीय सरकारमाथि मात्रै निर्भर हुनु हुँदैन । नेपालमा संघीयता कार्यान्वयनको चरणमा भएकाले होला प्रदेश तथा स्थानीय सरकार संघीय सरकारसँग धेरै नै निर्भर देखिए । चीनमा कोरोना भाइरसविरुद्धको अभ्यासलाई हेर्ने हो भने, त्यहाँ प्रान्तहरूले आफ्नै स्रोत साधन प्रयोग गरेर काम गरे ।
संघीय सरकारले कोरोना नियन्त्रणका आवश्यक सम्पूर्ण स्रोत साधन अनुदान लिएर नै जुटाउँछु भन्नु हँुदैन । सांसद विकास कोषको रुपैयाँ कोरोना नियन्त्रण र रोकथाममा प्रयोग गर्नुपर्छ । उक्त कोषको रुपैयाँ कोरोना अस्पताल निर्माणमा लगानी गर्नुपर्छ । हाललाई त्यो अस्पताल कोरोना उपचारका लागि प्रयोग गर्ने, कोरोना नियन्त्रणपछि अर्को अन्य कुनै विशेष अस्पतालको रूपमा प्रयोग गर्न सकिन्छ ।

अब के गर्र्नु पर्छ 

सिक्ने र भविष्यको लागि योजना बनाउने हो भने, नेपालको लागि यो एउटा अवसर समेत हो  । अझै पनि नेपाली जनताले राजनीतिकर्मीलाई आफ्नो आदर्श मान्छन् । उनीहरूले भनेको कुरा पत्याउँछन् । चेतना जगाउनका लागि स्थानीय तहका नेता वा विभिन्न पार्टीका राजनीतिकर्मीको भूमिका महत्वपूर्ण हुन्छ ।  जनताको घर घरमा पुग्ने, उनीहरूको अवस्था बुझ्ने, कोरोना रोकथामका लागि कसरी तयारी गर्ने भन्नेबारे बुझाउन स्थानीय तहको भूमिका महत्वपूर्ण हुन्छ । प्रदेश सरकारले समन्वयात्मक भूमिका निर्वाह गर्न सक्छ । विषय विज्ञहरूको समूह बनाएर अहिले र कोरोनापछिको योजना आफ्नो प्रवेश अनुसार तयार बनाउन सक्छ । संघीय सरकारले कोरोनालाई जित्न सबैभन्दा सक्षम र सफल भएको मुलुक चीनले गरेको तयारी, उसले बनाएको योजना र त्यहाँका चिकित्सकहरूले अपनाएको उपचार पद्धति लगायतका पक्ष अनुकरण गरी कार्यान्वयनमा ध्यान दिनुपर्छ । त्यसैले चीनका अनुभवी चिकित्सकलाई उनीहरूको दक्षता र सीप सिक्न नेपालमा ल्याउनुपर्छ ।
नेपालमा अहिले जति पनि संक्रमण देखिएको छ । यी सबै आयातित संक्रमण हुन् । छिमेकबाट संक्रमण सरेको छ । चीनतर्फबाट संक्रमणको दर छैन । भारतसँगको खुला सिमानाका कारण पछिल्लो चरण संक्रमणको दर बढेको हो । नेपालले कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागि चिनियाँ मोडल प्रयोग गर्नुपर्छ । अबको काम भनेको पहिलो प्राथमिकतामा नै राखेर डक्टर्स, नर्स तथा स्वास्थ्यकर्मीलाई कोरोनाबाट बचाउने तर्फ नै ध्यान केन्द्रित गर्नुपर्छ । उनीहरूलाई उच्च गुणस्तरका पर्सनन प्रोटेम्टिभ इक्युपमेन्ट (पीपीई) उपलव्ध गराउनु पर्छ । संक्रमितको पहिचानलाई बढवा दिनुपर्छ, संक्रमितको सम्पर्कमा आएकाहरूको टे«सआउटलाई पनि महत्वका साथ अघि बढाउनु पर्छ । संक्रमित व्यक्तिको मृत्यु हुने खतरा त यसै पनि कम छ । अहिले सम्मको अनुभवले के देखाएको छ भने ८० प्रतिशत कोरोना संक्रमित निको भएका छन् । मृत्यु हुने दर ३–४ प्रतिशत मात्रै हो । त्यसमा पनि बृद्ध नागरिक, दीर्घरोगीलाई कोरोना भाइरसले असर पारेको छ ।
म बसेको ठाउँ चीनको सान्सी प्रान्तबाट वुहान पुग्न फास्ट ट्रेनमा जाँदा पाँच घण्टा लाग्छ  । २३ वर्षदेखि चीन बस्दै आएको म चीनको सियान विश्वविद्यालयमा कार्यरत छु ।
म नेपाल आएको केही दिनपछि लकडाउन सुरु भएको हो । अहिले पनि म चिनियाँ साथीहरूसँग निरन्तर सम्पर्कमा छु  । त्यहाँको अवस्था, कोरोना संक्रमणको असर, लकडाउनका बारेमा म अपडेट छु  । चीनले झण्डै तीन महिना लकडाउन ग¥यो । मान्छेको जीवन भन्दा अरू केही कुरा महत्वपूर्ण होइनन् भन्ने उसले कोरोनालाई जितेर पुष्टि पनि गरिदियो । अहिले पनि एउटा सहरबाट अर्को सहरमा जाँदा क्वारेन्टिनमा बस्नुपर्छ । कोरोना परीक्षण पछि मात्रै एक सहरबाट अर्को सहरमा जान सकिन्छ । चीन सरकारले कोरोना संक्रमणलाई फैलन नदिन यतिसम्म ग¥यो कि चिकित्सक–स्वास्थ्यकर्मीहरूलाई घर घरमा ज्वरो नाप्नसम्म पठायो । संक्रमित भएकाहरू क्वारेन्टिन वा आइसोलेसनमा बसे । यो कार्यले अन्यमा संक्रमण फैलिन पाएन । सरकारले गरेको लकडाउनको निर्णय पनि चिनियाँ जनताले पूर्णरूपमा पालना गरे । लकडाउनसम्बन्धी नियमहरू पूर्णरूपमा पालना भयो । जनताको जीवन सुरक्षा आफ्नो कतव्र्य सम्झने चीन सरकार र लकडाउन तथा स्वास्थ्यसम्बन्धी सरकारद्वारा जारी नियमहरू पालना गर्नु आफ्नो कतव्र्य सम्झने नागरिकका कारण चीनमा कोरोना संक्रमण मत्थर भएको हो ।
नेपालमा त लकडाउन शब्दको प्रयोग मात्रै गरियो । त्यसको पालना भएन । नेपालको जस्तो लकडाउनलाई लकडाउन भनिँदैन  । त्यसैले म अझै पनि भन्छु, लकडाउनको कुनै विकल्प छैन । कुनै औषधि वा खोप नबनेको अवस्थामा लकडाउनको पूर्ण पालना गर्नुपर्छ । यो अप्ठ्यारो परिस्थितिमा जनताका लागि आवश्यक स्वास्थ्य सामग्री र खाद्य सामग्री सरकारले उपलब्ध गराउनु पर्छ ।

कोरानामा चीन

चीनले कोराना भाइरसमा सफलता पाउनुमा संघीय सरकार तथा प्रान्तिय सरकारको सावधानकै कारण हो । चीनको मेडिकल शिक्षा संसारको भन्दा कम छैन भन्ने प्रमाणका रूपमा पनि यसलाई जोड्नु पर्छ । डिसेम्बर महिनाको मध्यतिर देखा परेको कोरोना भाइरस वुहान प्रान्तमा जनवरी २३ मा आएर मात्रै व्यापक स्तरमा फैलिएको थियो । वुहानमा स्प्रिङ फेस्टिभल सुरु हुनै लाग्दा भाइरसको संत्रमणण दर फैलिएको हो । फेस्टिभलका लागि विश्वविद्यालय, कलेज, स्कुलहरू सबै बिदा भइसकेका थिए । स्प्रिङ फेस्टिभलकै कारण धेरै मानिसको एक साथ धेरै मुभमेन्ट भयो । धेरै मानिसहरूको मुभमेन्ट भएपछि भाइरस सर्ने खतरा कम गर्न त्यहाँको सरकारले मानिसहरूलाई क्वारेन्टिनमा राखेर लकडाउन गरिदियो । शुन्य देखि १४ दिनमा कोरोना भाइरसको संक्रमण देखा पर्ने भएकाले सबैलाई १४ दिन क्वारेन्टिनमा राखियो । चीन अटोक्रेटिक शासन पद्धतिमा चलेकाले पनि लकडाउन कार्यान्वयन प्रभावकारी भयो । वुहानबाट कोही मानिस पनि बाहिर जान पाएनन् । वुहानमा कोराना भाइरस संक्रमण देखा पर्न थालेपछि ५० लाख मानिसहरू बाहिर गएका थिए । चीनले हङकङ, थाइल्याण्ड, ताइवानलगायतका स्थानमा गएका आफ्ना नागरिकलाई ट्रेस गरी सम्पर्कमा ल्याउन सक्यो । पश्चिमा मिडियाले भने जस्तो वुहानमा मात्रै होइन, म बसेको सान्सी प्रान्तसहित बेइजिङलगायत सबै चिनियाँ भूभागमा कोरोना संक्रमण देखा परेको थियो । चीनले आफ्ना सबै भूभागमा कोरोनोको संक्रमण दर कम गर्न लकडाउन गरेको थियो । तर पश्चिमा तथा युरोपेली मिडियाले वुहानलाई मात्रै इपिसेन्टर मानेर प्रचारप्रसार गरिरहे । चीनमा रहेका विदेशी दूतावासहरूले आफ्ना नागरिकहरू चार्टट विमानमार्फत लग्न थालेका थिए । नागरिकहरू फिर्ता लैजाँदा उनीहरूले ‘वुहान भाइरस’ संसार भर फैलिएको सन्देश दिन छाडेनन् । वुहानमा अहिले पनि विदेशीको आवगमनमा प्रतिबन्ध नै छ । आफ्ना नागरिकको मुभमेन्ट भने खुला छ । विश्व विद्यालय, स्कुल–कलेज अझै खुलेका छैनन् । बजार, केही सिनेमा घर, सरकारी कार्यालय पनि सुरक्षाका सबै प्रबन्ध गरी खोलिएका छन् । वुहान संक्रमण सुरु हुनु अघिको अवस्थामा अझै आएको छैन ।
सुरुमा चीनले कोरोना भाइरस फैलने दरलाई मध्यनजर गर्दै महामारी घोषणा गर्न माग राख्दा अमेरिकासहितका राष्ट्रले ‘वुहान भाइरस’ भनि डब्लुएचओलाई समर्थन गरेनन् । आफू कहाँ संक्रमणको दर व्यापक भएपछि महामारी घोषणा गर्न बाध्य पारे । उनीहरूको द्धैध चरित्रकै कारण कोरोना महामारी घोषणा गर्न केही विलम्व पनि भयो ।

इटालीको सन्दर्भ 

इटालीका नागरिकमा एउटा के भ्रम छ भने हामी संसारका अन्य मुलुकको तुलनामा सुरक्षित छौं भन्ने । व्यक्तिगत डर नागरिकका बीचमा छैन भन्नै छ । हामीमाथि कुनै खालको संक्रमणले आक्रमण गर्दैन भन्ने थियो । त्यहाँ चिनियाँ पर्र्यटकको निर्वाध आवगमन कायमै रह्यो । मानिसहरूको जमघट हुने भेला हुने जस्ता गतिविधिमा कुनै बन्जेद लागेनन् । डब्लुएचओले सावधानी अपनाउन भन्यो, त्यो पनि माननेन् । इटालीको सम्पूर्ण जीडीपीको महत्वपूर्ण हिस्सा चिनियाँ पर्यटकको आगमनमा निर्भर छ । त्यहाँ चिनियाँ लगानी पनि प्रशस्तै छन् । चिनियाँ पर्यटक आएनन् भने हामी सकिन्छौं भन्ने बुझाइएका कारण संक्रमणको दर अत्याधिक बढेको हो । प्रजातान्त्रिक अधिकार प्रयोग गर्दा संक्रमणको दर बढेको हो । इटालीका नागरिकले कोरोना संक्रमण देखिएपछि पनि भेला हुने, नाइट क्लबमा जाने जस्ता गतिविधिलाई पूर्ववत रूपमानै प्रयोग गरी रहे । चीनले मानिसको ज्यानलाई बढी प्राथमिकता दियो अन्य मुलुकले मानव अधिकारको कुरा उठाए त्यही नै गल्ती भयो ।

डा.झा र चीन  

२३ वर्षअघि चीन हानिएका नेपाली प्राध्यापक डा.झालाई सन् २०१८ मा चीनको सियान सरकारले ‘सियान फ्रेण्डसिप अवार्ड’ प्रदान गरी उनको योगदानको उच्च सम्मान ग¥यो । सियानमा रहेर चीनको आर्थिक, सामाजिक र अन्तर्राष्ट्रिय सम्बन्ध विकासमा विशेष योगदान पु¥याउने विभिन्न क्षेत्रका प्रतिभाशाली विदेशी व्यक्तित्वलाई सियान सरकारले यो पुरस्कार प्रदान गर्दछ ।
सियानमा रहेका करिब १० हजार प्राध्यापक, अनुसन्धानदाता, चिकित्सक, वैज्ञानिक, उद्यमीलगायतका व्यक्तित्वमध्येबाट १० जना छनोट गरी पुरस्कार दिएको हो ।
सियान सरकारले प्रत्येक दुई वर्षमा ‘सियान एक्सलेन्ट फरेन एक्सपर्ट अवार्ड’ प्रा.झासहित ९ देशका १० जना विशिष्ट व्यक्तित्वलाई प्रदान गरेको थियो ।
५० हजार आरएमबी (चिनियाँ रकम) राशीसहितको उक्त पुररस्कार सन् २००९ देखि प्रत्येक दुई वर्षमा प्रदान गरिन्छ । यो पुरस्कार प्राप्त गर्ने डा.झा पहिलो नेपाली हुन् ।
पित्तथैलीको क्यान्सरको प्रकोप कम गर्ने विषयमा चिनियाँ विश्वविद्यालबाट विद्यावारिधी र त्यसपछि विद्या बाचस्पति (पोस्ट डक) पूरा गरी सियान विश्वविद्यालयमा प्राध्यापनरत प्रा.डा.झाको नाममा सियान प्रान्तिय सरकारले चारवर्ष अघि ‘चाइना¬–नेपाल फ्रेन्डसिप मेडिकल रिसर्च सेन्टर अफ प्रोफेसर राजीव कुमार झा’ स्थापना गरेको थियो । सियान मेडिकल युनिभर्सिटीमा स्थापना गरिएको सो केन्द्रमा क्यान्सर रोगसम्बन्धी अध्ययन, अनुसन्धानका साथै दुई देशबीचको चिकित्सकीय अनुभव आदान प्रदान पनि हुने गरेको छ । रिसर्च सेन्टरको पहिलो चीन भ्रमणका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका थिए ।
प्रा.डा.झा चीनका विभिन्न विश्वविद्यालयमा भिजिटिङ प्रोफेसर पनि हुन् । चीनको सान्सी प्रान्तले प्राध्यापक झालाई चीन– नेपाल सम्बन्धको विकासमा उल्लेख्य भूमिका निर्वाह गरेको भन्दै केही महिना अघि नागरिक दूत नियुक्त गरेको थियो ।
गतवर्ष झालाई सियान प्रान्तले नै चिनियाँ बृहत आयोजना ‘वान वेल्ट वान रोड’ सम्बन्धी नेपालमा सञ्चालन गरिने सम्पूर्ण कार्यक्रम हेर्ने दूतका रूपमा पनि नियुक्त गरेको थियो ।

प्रतिक्रिया दिनुहोस् :-

सम्पर्ककाे लागि


शब्दघर प्रा.ली.
सुनाकाेठी, ललितपुर


sabdhaghar@gmail.com
www.shabdakoghar.com


+9779841401448
+9779841289797