नेपाल भित्रनेलाई होल्डिङ सेन्टरमा राख्नुपर्छ

डा.रामकिशोर सिंह फिजिसियन, नारायणी उपक्षेत्रीय अस्पताल, वीरगन्ज 

सुरूमा छुट्टै कोरोना अस्पताल नहुँदा नारायणी अस्पतालमै कोरोना संक्रमितको उपचार गरेका थियौं । एकातिर कोरोना संक्रमितको संख्या पनि बढ्दै गयो, अर्कोतर्फ अन्य रोगका बिरामीलाई दिनुपर्ने सेवा समेत प्रभावित भयो, त्यसपछि नजिकैको एउटा प्राइभेट अस्पतालमा नारायणी अस्थायी कोरोना अस्पताल बनाएका छौं । कोरोना उपचारका लागि छुट्टै अस्पताल भएकाले नारायणी अस्पतालमा नियमित सेवाहरू सञ्चालन भइरहेको छ । यसो गर्दा अन्य रोगका बिरामीहरू सेवाबाट वञ्चित हुनु भएको छैन ।
कोरोना अस्पतालमा कोरोना संक्रमितहरूलाई राखेर उपचार गर्न थालिएको दुई साता भयो । त्यहाँ अहिले २२ जना बिरामीहरू उपचारमा हुनुहुन्छ । सुरूमा आउनु भएका बिरामी मधुमेह, उच्च रक्तचापका हुनुहुन्थ्यो । ती रोगको पनि औषधि पनि नारायणी अस्पतालले नै उपलब्ध गराएको थियो । सुरूमा आउनु भएका बिरामीमा कोरोना संक्रमणको लक्षण देखिएको थिएन । परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएपछि अस्पतालको आइसोलेसनमा राख्नु अनिवार्य हुन्छ । उहाँले ‘हामीलाई कुनै पनि लक्षण देखिएको छैन, घर जान्छौं’ भन्नुभयो । उहाँलाई कोरोना रोगको बारेमा बुझाएपछि बुझ्नु भयो । ‘हाम्रो कारण संक्रमण फैलन सक्छ, हामी निको हुन पनि आइसोलेसनमा बस्नु पर्छ’ भन्ने बुझ्नु भयो । त्यसैले, उहाँहरूको उपचारमा खटिन हामीलाई सजिलो भयो ।
कोरोनाका बिरामीलाई उपचार गर्न ‘ए, बी, सी, डी’ नाम दिएर चिकित्सक, स्वास्थ्यकर्मी, सफाईकर्मीसहितको समूह बनायौं । पालैपाले त्यो समूहले काम ग¥यो । म बी समूहमा थिएँ । अहिले एफ समूहले काम गरिहेको छ । मैले काम सुरू गरेकै दिन एउटै घरका १७ जना कोरोना संक्रमित उपचारका लागि आउनु भयो । त्यो समूहमा चार महिनाको बच्चादेखि ६६ वर्षको ज्येष्ठ नागरिकसम्म हुनुहुन्थ्यो ।
त्यतिखेर, मन डराएको थियो । बिरामीको उपचार कसरी गर्ने होला ? व्यवस्थापन कसरी गर्ने ? यस्तै तर्क–वितर्क आएको थियो । हामीसँग काम गर्ने बलियो समूह भएकाले कुनै अप्ठ्यारो भएन । कोराना बिरामी हेर्ने चिकित्सक तथा स्वास्थ्यकर्मीहरूले ड्युटी सकेपछि १४ दिनसम्म क्वारेन्टिनमा बस्यौं । ड्युटीमा बस्ने डाक्टर, नर्ससहित सम्पूर्ण क्वारेन्टिनमा बस्नुपर्ने नियम छ । हामी चिकित्सक तथा स्वास्थ्यकर्मी बिरामीसँग नियमित सम्पर्कमा रहनु पर्ने भएकाले क्वारेन्टिनमा बस्नु सुरक्षाको दृष्टिले पनि ठीक हो । कुनै कारणले हामी संक्रमित भएको भए, त्यो संक्रमण फैलन पाउँदैन भनेर यस्तो व्यवस्था गरिएको हो । क्वारेन्टिबाट निस्किए पछि गरिने स्वाब परीक्षणको रिपोर्ट नेगेटिभ आएपछि मात्रै अस्पतालमा आयौं । परिवारसँग भेट्यौं । कोभिडका बिरामी उपचारका लागि आएको थाहा पाएपछि परिवार चिन्तित थियो । सबैजनाले ‘पछि अर्को अस्पतालमा काम गरौंला, अहिले काम गर्नुपर्दैन’ भन्नु भएको थियो । तर, मैले उहाँहरूलाई सम्झाएँ । जिम्मेवारी र कतव्र्यको कुरा गरेँ । त्यसपछि उहाँहरू सकारात्मक हुनुभयो । सुरक्षित भएर काम गर्ने निश्चित गरेपछि परिवार निश्चिन्त भयो । कोरोनाको उपचारमा खटिनेहरूले वास्तवमा आफ्नो जीवनलाई नै जोखिममा राखेर काम गरिरहनु भएको छ । यो जोखिम अझैं बढ्ने क्रममा छ । दिन प्रतिदिन बढ्दै गएको कोरोना संक्रमितको संख्याले यो जोखिम बढाएको हो । कोरोना संक्रमितको संख्या दिनप्रति बढ्नुको कारण भारतसँगको खुल्ला सिमाना नै हो । भारतमा रोजगारीका लागि गएकाहरू नेपाल फर्कंर्ने क्रम दिनप्रति दिन बढ्दैछ । ती फर्कने नेपालीहरू संक्रमणसहित फर्किएका छन् । जबसम्म सीमा नाकामै उनीहरूलाई होल्ड गर्न सकिँदैन, तबसम्म नेपालमा संक्रमितको संख्या ह्वात्तै बढ्ने निश्चित छ । पछिल्लो समय संक्रमितको संख्या बढेको रिपोर्ट आइरहेकाले पनि यो कुरालाई पुष्टि गरेको छ । नेपाल भित्रनेलाई होल्डिङ् सेन्टर बनाएर राख्नुपर्छ । अर्को कुरा, नागरिकलाई चेतना पनि द्रूत गतिमा दिनु पर्छ । कोरोना संक्रमणलाई नियन्त्रण गर्न सरकारले गरेको  लकडाउनको पालना भएको छैन । भौतिक दूरी कायम गर्ने विषयलाई नागरिकले अत्यन्तै हल्का रूपमा लिएको देखिन्छ । यसो गर्नु अत्यन्तै प्रत्युत्पदाक हो । चेतना अभिवृद्धिका लागि सञ्चारमाध्यम र स्थानीय तहको भूमिका महŒवपूर्ण हुन्छ । वडाका प्रतिनिधिले वडावासीलाई सजग र सचेत बनाउन सक्छन् । जनताको नजिकको सरकार स्थानीय तह हो । जनप्रतिनिधिहरूले जोखिम मोलेर काम गरिरहनु भएको छ । कोरोना नियन्त्रण र रोकथामका लागि काम गर्नेहरूको सम्मान र आफ्नो सुरक्षाका लागि नागरिकले स्वास्थ्य सर्तकता अपनाउनुपर्छ । भौतिक दूरी कायम गर्ने, सरसफाईमा ध्यान दिनु आवश्यक छ ।

प्रतिक्रिया दिनुहोस् :-

सम्पर्ककाे लागि


शब्दघर प्रा.ली.
सुनाकाेठी, ललितपुर


sabdhaghar@gmail.com
www.shabdakoghar.com


+9779841401448
+9779841289797