हाम्राे बारेमा

हामी शब्द शक्तिशाली हुन्छ भन्ने कुरामा विश्वास गर्छौं । शब्दको समूहसँग संसार बदल्ने तागत हुन्छ । त्यसो त संसारमा परिवर्तनका लागि अक्षर, वाक्य र वाक्याशंको आधार, शब्द मात्रै पनि पर्याप्त छैन् । सोच, विचार र योजनालाई व्यवहारमा उतार्नेहरूको कथा, भावना र विचार आवश्यक छ । तब न हामी उनीहरूका कुरालाई धागोमा फूल उनेर माला गाँसे झंै गाँस्न सक्छौं । र, शब्दरूपी त्यो मालालाई अजम्बरी बनाएर नयाँ पुस्तालाई उपहार दिन सक्छांै ।

हामी मान्छेले कतै नभनेका वा नसोधिएका कथा बाहिर ल्याउँछौं । ती कथा सँगसँगै उसका भावना र भोगाइलाई प्राथमिकता दिन्छौं । व्यक्तिको योगदानको बारेमा बुझाउने प्रयास हाम्रो रहनेछ । बहसले छुट्टै र विशेष विचारको जन्म दिन सक्छ । त्यस्तो बहसले भौतिक विकास, चेतना स्तरको वृद्धि र विकासलाई मद्दत गर्छ । त्यसैले, शब्द घरले विषयमा बहससमेत चलाउने छ ।

शब्द घरको अर्को कार्यक्षेत्र अनुसन्धान हो । अनुसन्धानले समाज वा कुनै विषयको अवस्था बुझाउन मद्दत गर्छ । अनुसन्धानबाट पत्ता लागेको तथ्यहरूको आधारमा नियम कानुन तर्जुमाका लागि दबाब दिन सकिन्छ । शब्द घरले पुस्तक लेखन, विषयमा बहस र अनुसन्धानलाई प्राथमिकतामा राखेर काम गर्दछ ।

सम्पर्ककाे लागि


शब्दघर प्रा.ली.
सुनाकाेठी, ललितपुर


sabdhaghar@gmail.com
www.shabdakoghar.com


+9779841401448
+9779841289797